भाट–भटेनीमा पनि अब नेपाल पे क्यूआर बाट भुक्तानी

७ आश्विन २०७९, शुक्रबार १८:०१

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ भएको छ। उक्त नेपाल पे क्यूआर लाई ग्राहकले नेपाल पे को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा MoCo फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेटबाट Nepal Pay  चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्कायन स्किन मा नेपाल पे को लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे , मरु गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

Nepal pay QR  मा बैंक वित्तीय संस्थातको भुक्तानी सेवाप्रदायकमार्फत हाल सम्म QR, dynamic QR, QR gateway  मार्फत ७० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*