लघुबीमाको लागि गौशालाको अड्डामा पनि अतिरिक्त रकम संकलन, प्रदेश मन्त्रीकै संलग्नता !

काठमाडौं । बीमा समितिले लाइसेन्सका लागि आह्वान गरेको लघुबीमा कम्पनीका लागि गौशालातिर कार्यालय भएको एक बीमा सम्बन्धी काम गर्ने अड्डामा पनि घुस रकम संकलन भइरहेको सूचना प्राप्त भएको छ । गौशालामा कार्यालय राखेर एक जना बहालवाला मन्त्रीकी श्रीमती समेत आबद्ध भएको सो समुहले लघुबीमाको लाइसेन्स लिएरै छोड्नै भन्दै प्रक्रिया अघि बढाएको छ ।
प्राप्त सूचना अनुसार उक्त समुहले प्रतिकित्ता ३५ रुपैयाँका दरले घुस रकम संकलन भइरहेको छ । लघु जीवन बीमाको लागि आवेदन दिन लागेको सो समुहले पनि घुस रकम संकलन गरेको जनाइएको छ । उक्त समुहमा प्रदेशका बहालवाला मन्त्रीकी श्रीमती समेत रहेकी छिन् । बहालवाला प्रदेश मन्त्रीकै संलग्नता रहेपछि लाइसेन्स पाउने निश्चित भएको भन्दै रकम संकलन भरहेको बुझिएको छ ।
उक्त समुहले लघुबीमाको लाइसेन्स लिनको लागि बीमा समिति, अर्थमन्त्रालयमा घुस दिनुपर्ने, प्रधानमन्त्री पत्नी आरजु राणा कहाँ छुट्टै कमिशन दिनुपर्ने भन्दै रकम उठाएको एक लगानीकर्ताले बीमापोष्टलाई जनाए । ‘मुद्दा परिसकेको अवस्थामा ३५ रुपैयाँ घुस दिएर लाइसेन्स लिने कि नलिने छलफल गरौं भनेको छु, लघुबीमा घाटाको व्यापार रैछ, त्यसैले ढिलाई भइरहेको छ’ एक लगानीकर्ताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने ।