स्मार्ट क्यूआर तथा नेपाल पे क्युुर बीच अन्तरआबद्धताको थालनी

१६ आश्विन २०७९, आईतवार १५:५५

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युुआर अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक  गुरु प्रसाद पौडेलज्यू, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीज्यहरु, एससीटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

एससीटी तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युुआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले क्युुआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे क्यआरका मर्चेन्टहरुलाई क्युुआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी नेपाल पे क्युुआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्युुआर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे क्युुआरमा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल क्युुआर सञ्चालनमा ल्याइएको हो । क्युुआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युुआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*