८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोवार ?
२४ आश्विन २०७९, सोमबार ११:०६

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउमा तोलामा ८ सय रुपैयाले र चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ ।
आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १२ सय ३० रुपैयाँमा कारोवार भईरहेको छ ।
नेपाली बजारमा आईतवारको दिन सुन तोलामा ३ हजार रुपैयाँले बढेको थियो ।











