सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

२७ आश्विन २०७९, बिहीबार १०:४२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य परिवर्तन आएको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ११ सय ९० रुपैयाँमा कारोवार भईरहेको छ ।

बुधवारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको थियो । सुनको भाउमा तोलामा २ सय रुपैयाले र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*