दिर्घकालिन रोग लागेका मानिसको हेरचाह गर्ने संस्था ‘हस्पाइस नेपाल’को शिलान्यास

२८ आश्विन २०७९, शुक्रबार ११:०१

काठमाडौं । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ ।

हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो । देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले २०५७ सालमा यसको स्थापना भएको थियो ।

यसले लगनखेलमा आठ शय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्दछ । काठमाडौंको लगनखेलमा सामुदायिक सेवा अन्तर्गत लगनखेलमा आठ शय्याको एकाइमा र मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दछ ।

यी दुवै अस्पतलमा सेवाहरु निःशुल्क हुनेछन् ।देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ । यसको लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ ।

प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते शिलान्यास गरिएको हो । यसको स्थापनाले मुलुकमा उपशामक सेवाको नयाँँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*