सुनकोशीको पानी मरिनमा खसाल्न चल्यो टीबीएम

२८ आश्विन २०७९, शुक्रबार १४:५६

काठमाडौं । सुनकोशी(मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी(मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार भण्डारी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशिल चन्द्र तिवारीको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको छ ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टीबीएमले मरिनखोलातर्फबाट सुरुङ खन्न सुरु गरेको हो । यो भेरी बबई डाइभर्सन परियोजनामा प्रयोग भएकै प्रविधि हो । मरिनबाट बाग्मतीमा मिसिएको पानीलाई सिँचाइ आयोजनामार्फत मधेशमा सिँचाइ सुविधा पुर्‍याउने योजना छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*