सेटिङमा गाडी आयात खोल्ने प्रयास रोकियो, मंसिरसम्म रोकियो महंगो गाडीको आयात

२८ आश्विन २०७९, शुक्रबार १६:५५

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार वस्तुमा रहेको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्बिएको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गत बैशाख १४ देखि कार, मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।तर असार मसान्तमा सरकारले १० वस्तुलाई घटाएर ४ वस्तु पेट्रोलियम कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय डलरभन्दा बढीका मोबाइल र सबै प्रकारका मदिराको आयातमा भने प्रतिबन्ध लगाएको थियो।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले मंसिर मसान्तसम्म आयात रोकिने भएको जानकारी दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य मन्त्रालयको सिफारिसमा थप दुई महिना प्रतिबन्ध लम्ब्याउने निर्णय गरिएको हो।

भदौ १४ गते सरकारले प्रतिबन्ध लगाएको केही वस्तुलाई खुलाएर १५० सीसीभन्दा माथिका मोटरसाइकल, पेट्रोलियम कार, ३ सय डलरभन्दा माथिका मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राखेको थियो।

उक्त वस्तुको आयात प्रतिबन्ध शुक्रबार रातिबाट सकिँदै छ। त्यसपूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती ४ वस्तुको आयात प्रतिबन्धलाई थप २ महिना बढाउन सिफारिस गरेको हो।

यसअघि गत बैशाख १४ देखि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाइएकोमा १४ भदौबाट कार्यान्यन हुने गरी चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुरकुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो। व्यवसायीहरुले गाडी तथा मदिराको आयात प्रतिबन्ध खुलाउनको लागि तीब्र लबिङ गरिरहेका छन्। तर, मन्त्रालयले तत्काललाई नखुलाउन सिफारिस गरेको हो।

यता अटोमोबाइल व्यवसायीले भने अब पनि प्रतिबन्ध कायम राखे सटर नै बन्द गरेर बस्ने भन्दै सरकारलाई दबाब दिँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*