घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भने ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।