बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य भने हिजोको दाजोमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैया र तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ११ सय ६० रुपैयाँले कारोबार भईरहेको छ ।
आईतबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको थियो । अघिल्लो दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो ।