भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

३१ आश्विन २०७९, सोमबार १६:४६

काठमाडौं । सरकारले भोलि (कात्तिक १) गते सार्वजनिक विदा दिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा गृह मन्त्रालयले भोलि सार्वजनिक विदा दिने भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक विदा तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारको निर्णय भएको जनाएको छ । यसर्थ भोलि सबै सरकारी मातहतका कार्यालय तथा बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा शेयरबजार समेत बन्द रहनेछन् ।

 

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*