व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायीलाई थप कडाई गर्दै काठमाडौं महानगर, ३० दिनभित्र दर्ता गर्न अल्टिमेटम

१ कार्तिक २०७९, मंगलवार १३:३४

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता नगरी संचालन गरिरहेका व्यवसायीहरुलाई थप कडाई गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरले संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको छ । दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ ।

महानगरले जारी गरेको सूचनामा ‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ भनि उल्लेख छ ।

यसका साथै महानगरले आर्थिक वर्ष २०७२–७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुली गरिने पनि स्पष्ट पारेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*