घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैया र तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँले कारोबार भईरहेको छ ।
मंगलबारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य २० रुपैयाँले बढेको थियो ।