एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
२ कार्तिक २०७९, बुधबार ११:०८

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले अईटि अफिसर पदको लागि १ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले उक्त पदमा आवेदन दिनको लागि सम्बधित बिषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले कात्तिक महिनाको २३ गतेसम्ममा कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।