तातोपानी नजिकै चीनमा गएको ५.९ रेक्टर स्केलको भुकम्पसँगै काठमाडौंदेखि सर्लाहीसम्म हल्लियो, क्षतिको विवरण आउन बाँकी

२ कार्तिक २०७९, बुधबार १६:१२

काठमाडौं । राजधानी काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोकसँगैका चीनियाँ भुभागलाई केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पको कारण राजधानी काठमाडौंदेखि तराईको सर्लाही र रौतहटसम्म हल्लिन पुगेको छ । अपरान्ह ३ः०७ बजे गएको भुकम्पको क्षमता ५.९ रेक्टरस्केलको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रले आज गएको भुकम्प निकै शक्तिशाली रहेको जनाएको छ । सिन्धुपाल्चोकको तातोपानीभन्दा केही किमी पर चिनियाँ भूभागमा गएको भुकम्पको कारण सिंगो राजधानी बेस्सरी हल्लिन पुगेको थियो । राजधानी काठमाडौं मात्रै नभएर ललितपुर, काभ्रे, दोखला, सिन्धुली देखि मकवानपुर, रौतहट र सर्लाहीसम्म भुकम्पले धक्का दिएको छ ।

भुकम्पबाट तातोपानी भन्दा पर रहेको चिनियाँ शहर छुजिङमा भने निकै ठूलो आतंक मच्चएको खवर प्राप्त भएको छ । त्यस्तै नेपालतर्फ तातोपानी आसपासका क्षेत्रहरुमा समेत केही क्षति भएको बताइए पनि थप विवरणहरु भने आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*