डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी विनिमयदर

३ कार्तिक २०७९, बिहीबार ११:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको भाउ खरिददरमा १ डलर बराबर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दरमा १३३ रुपैयाँ १४ पैसा तोकेको छ । जुन यो हालसम्मकै उच्च रहेको छ ।

त्यस्तै आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३५ पैसा र बिक्री दर ८३ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*