सरकारले तिहारलाई लक्षित गर्दै प्लाष्टिजन्य फूलका गुच्छा, मालाको कारोबार नगर्न निर्देशन

१ लाख रुपैयाँसम्मको दण्ड जरिवाना
३ कार्तिक २०७९, बिहीबार १२:५८

काठमाडौं । सरकारले तिहारलाई लक्षित गर्दै प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । वातावरण विभागले एक सूचना निकालेर तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेकोले त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न आग्रह गरेको छ ।

तर, नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*