गरिमा क्यापिटलले डाक्यो साधारण सभा, पुँजी बृद्धि मुख्य प्रस्ताव

४ कार्तिक २०७९, शुक्रबार १०:३९

काठमाडौ । गरिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक २५ गते होटल पवेरा हेरिटेज बुटिक, बुढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले कम्पनीको अधिकृत पुँजी बृद्धि गरी ३५ करोड पुर्याउने, आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०८९।८० को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*