एक वर्षमा मूल्य बृद्धि करिब तेब्बर बढ्यो

४ कार्तिक २०७९, शुक्रबार १४:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० को दुई महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार मूल्य बृद्धि सो अवधिसम्म ८.६४ प्रतिशत बढेको छ ।

गत वर्षको भदौ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेकोमा चालु आवको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति करिब तेब्बर बढ्न पुगेको हो । जसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यबृद्धि ९.०९ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*