नेपालमा पौने दुई खर्ब रेमिट्यान्स भित्रियो, दुई महिनामा वैदेशिक रोजगारका लागि जानेको संख्या एक लाख नाघ्यो

४ कार्तिक २०७९, शुक्रबार १४:१४

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स १९.०८ प्रतिशतले बढ्न पु्गेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ मसान्तसम्म विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको यसै अवधिसम्ममा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । साथै समिक्षा अवधिमा वैदेशिक रोजगरीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १८९.९ प्रतिशतले बृद्धि भई १ लाख ३ हजार ८९८ पुगेका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ७०.६ प्रतिशत बृद्धि भई ३९ हजार १८९ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*