शोधानान्तर स्थिति साढे २३ अर्ब घाटामा

४ कार्तिक २०७९, शुक्रबार १४:२१

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा शोधानान्तर स्थिति २३ अर्ब ६७ करोड रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशको शोधानान्तर स्थिति २३ अर्ब भन्दा बढी घाटामा रहेको हो ।

अघिल्लो आवको यसै अवधिसम्ममा शोधानान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो । त्यस्तै, समिक्षा अवधिमा चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

साथै समिक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले बृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*