दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, १५ वटा प्रणाली विकास

४ कार्तिक २०७९, शुक्रबार १६:३५

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो ।

हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालीकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । कार्यक्रममा बोल्दै मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खाानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने भन्दै अपिल समेत गरे । कार्यक्रममा उनले भने ‘अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ । समिति देखि उपभोक्ताको सहजताका लाागि माात्र नभएर राज्यका लागि समेत यो महत्वपूर्ण हुने हुनाले यो प्रयोग गर्न म सबैमा अपिल समेत गर्दछु’

कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी समितिका प्रतिनिधिको उपस्थिती थियो । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली,एन.आर.डब्लु ः (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन,इलेक्ट्रो म्याग्नेटिक पm्लोमिटर,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*