सिटिजन लाइफ जमलद्वारा आमाको घरमा खाद्यान्न वितरण

६ कार्तिक २०७९, आईतवार १०:५५

काठमाडौं । सिटिजन लाइफ जमलले आफ्नो पाँचौ बार्षिकोत्सवको अवसर पारेर कार्तिक ४ गते आमाको घर रवीभवन, कालीमाटीमा पुगेर खाद्यान्न वितरण गरेको छ ।उक्त कार्यक्रममा शाखाका प्रबन्धकहरु तथा सिटिजन लिडरहरुको सहभागिता थियो । सहयोग स्वरुप एक सय पच्चीस केजी चामल, पच्चीस केजी दाल, दश लिटर तेल, एक बोरा चिउरा लगायत कर्नफ्लेक्स–बिस्कुटहरु प्रदान गरेको थियो ।

जमल शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठ र सिटिजन सिनियर लिडर टुक बहादुर रानाले आउदै गरेको दिपावली तथा छठको शुभकामना सहित सु–स्वास्थ्य तथा दिर्घायूको कामना व्यक्त गर्नुभएको थियो । सिटिजनले बिभिन्न अवसर पारेर यस्तो कार्य गर्ने गरेको र पछि पनि यस्तै सहयोग गरिरहने प्रतिबद्वता प्रकट गरे ।

आमाको घरले बिभिन्न समस्यामा परेका बृद्द–बृद्दाहरुलाई निःशुल्क खान बस्न तथा पालनपोषण गरिरहेको छ । हाल उक्त घर रवीभवनमा २३ जना असहाय बृद्दाहरु र केहि बृद्द तथा केटाकेटीहरु रहेको उक्त घरकी संचालीका दिलशोभा श्रेष्ठले बताईन् । यस्तो मानवसेवा अन्य बिभिन्न स्थानबाट पनि संचालन गरकी दिलशोभाले भने, – “बुवा आमालाई बाचुन्जेल खुसी राख्नुस न कि मरेपछि, बुवा आमा नै जिउदो भगवान हुन् ।”

उक्त घरमा बिभिन्न शारिरीक तथा मानसिक बिरामी साथै एक सय बर्ष भन्दा बढी उमेर पुगेका केहि बृद्दाहरु पनि छन् । साथै तत्कालै स्वास्थ्य सेवाको आवस्यक परेका केहि बृद्दाहरु सहयोगको आशामा रहनु भएको छ ।

हाल उक्त घरमा केहि महिनादेखि आर्थिक तथा अन्य व्यवस्थापनको लागि सहयोग स्वरुप शिव अधिकारीले हेर्दै आईरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*