म्ह पूजा र नेपाल सम्वतको नयाँ वर्ष ‘न्हू दँ या भिन्तुना’ र्यालीहरु सम्पन्न

९ कार्तिक २०७९, बुधबार २३:१२

काठमाडौं । आज म्हपूजा सम्पन्न भएको छ । नेवार समुदायहरुले विशेष पर्वको रुपमा आफ्नै आत्माको पूजा गरेर मनाउने म्हपूजा सम्पन्न भएका छन् । नेवार समुदायहरुको मुख्य थलो राजधानी काठमाडौंमा भव्य रुपमा मनाइएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुरमा आ–आफ्नो घरमा परिवारका सदस्यहरु बसेर म्हपूजा सम्पन्न गरेका हुन् ।

दिनभर नेपाल सम्वत नयाँ वर्ष ११४३ लाई स्वागत गरेका नेवार समुदायहरुले साँझ म्हपूजा गरेका हुन् । आत्मको पूजा गरेर मनाएका हुन् ।


आजै अपरान्ह राजधानीका विभिन्न क्षेत्रमा र्यालीहरु गरेर नयाँ सम्वतको स्वागत गरिएको छ । ‘न्हू दँ या भिन्तुना भन्दै नेवार समुदाय र सो क्षेत्रमा बसोबास गर्नेहरुले खुशी साटासाट गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*