राष्ट्रपति भण्डारी र प्रम देउवाले लगाएनन् भाइटीका टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले यस वर्षको तिहारको टीका नलगाएको उहाँहरुकै सचिवालयलाई उध्रित गर्दै प्राप्त समाचारमा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका नलगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।