मध्येरातमा दहचोकस्थित स्वीजरल्याण्ड पार्कस्थित रिसोर्टमा प्रहरीको अप्रेशन, १८ जना जुवाडे पक्राउ

११ कार्तिक २०७९, शुक्रबार २१:०५

काठमाडौं । नेपाल प्रहरीले गए राति काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै रहेको एक रिसोर्टमा छापा मारेको छ । सो क्रममा अनाधिकृत रुपमा जुवा खेलिरहेका १८ जना जुवाडे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पूर्व सूचनाको आधारमा बिहिवार मध्यराति प्रहरीले सो रिसोर्टमा अप्रेशन चलाएको थियो । मध्यराति भएकोले कोही पनि भाग्न नपाएको प्रहरील्े जनाएको छ ।

स्वीजरल्याण्ड पार्कमा रहेको दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहेका छन् । अन्य १७ जनाको नाम सार्वजनिक गरिएको छैन ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले छापा मारी जुवाडेहरुबाट नगद तीन लाख ८२ हजार रुपैइाँ, १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*