नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, पाँच वर्षमा ७ प्रतिशत आर्थिक बृद्धि लक्ष्य (पूर्णपाठ)

१२ कार्तिक २०७९, शनिबार १४:०२

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशका लागि नेपाली कांग्रेस पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत ५२ पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्र मार्फत देशको आर्थिक बृद्धि ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको जनाएको छ । पार्टीले घोषणापत्रमार्फत आगामी पाँच वर्ष विकास पूर्वाधारको निर्माण, औद्योगिक क्षेत्रमा चमत्कारिक सुधारमार्फत सो आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।

घोषणापत्रमार्फत कांग्रेसले गैर संवैधानिक रुपमा संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ ।

घोषणापत्रलाई संकल्पपत्र नाम दिएर सार्वजनिक गर्न आयोजित कार्यक्रममा पार्टी सभापति देउवाले माइलस्टोन भएको बताए । घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउँदै बस्तुवादी घोषणापत्रले मतदाताको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

 

Nepali congress-ghosadapatra

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*