आज छठ पर्व भव्य रुपमा मनाइदै, साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिइने

१३ कार्तिक २०७९, आईतवार ०८:११

काठमाडौं । आज देशैभरि छठ पर्व मनाइदैछ । विशेष गरी तराईमा छठ पर्वको भव्य रौनक रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको पर्व आज दिनभर ब्रत बसी अस्ताउँदो सूर्र्यलाई अर्ध दिने गरिन्छ ।

आज बीरगन्ज, जकनकपुर, रौतहटको गौर, सप्तरी, सिराहामा लाखौं मानिसहरु छठ पर्व मनाइरहेका छन् । राजधानी काठमाडौंको कमलपोखरी, बागमति नदि किनारामा छठ पर्व उल्लासमय तरिकाले मनाइदैछ ।

कार्तिक शुक्ल चतुर्थीका दिन अर्थात भाइटीकाको पर्सीपल्टबाट स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक ब्रत बस्ने परम्परा रहेको छ । सो लगत्तै आजको दिन षष्ठी अर्थात छैठौ दिन मुख्य रुपमा ब्रत बसेर पूजा गरिने भएकोले छठ भनिएको हो । आज ब्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ दिइसकेपछि भोलि विहान पुनः उदाउँदो सूर्यलाई अर्ध दिए पूजा आजा गरेपछि छठ सकिन्छ ।

छठ पर्वका किंवदन्तीहरु फरक फरक रहेका छन् 
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*