तिहार सकिएसँगै सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

१३ कार्तिक २०७९, आईतवार १२:१६

काठमाडौं । तिहासकिएसँगै आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।तिहारअघि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । तिहारअघि कारोबार हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*