भूत पर्व हलोइङ मनाउन भेला भएका १५१ जनाको च्यापिएर मृत्यु, दक्षिण कोरियामा राष्ट्रिय शोकको घोषणा

काठमाडौं । एजेन्सीहरु । दक्षिण कोरियाको राजधानी सियोलमा हिजो एक भूत पर्व मनाउन भेला भएकाहरु आपसमा च्यापिएर १५१ जना भन्दा बढिको मृत्यु भएको छ । महिलाहरु धेरै बेस्सरी च्यापिन पुग्दा सासफेर्न कठिन भई बेहोस भएर ढलेका थिए । बेहोस महिलामाथि मानिसहरुले कल्चिँदा उनीहरुको मृत्यु भएको कोरियाका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रशारित भिडियोहरुमा सयौं मानिसहरुलाई एकै पटक खुल्ला सडकमा सुताएर प्राथमिकता उपचार गरिएको देखिएको छ । सयौं मानिसहरुले एक पटक सास फेर्न नसक्ने अवस्था आएपछि आपतकालिन उद्धार कार्य सुरु भएको थियो । सो क्रममा कैयौं व्यक्तिहरुको उपचारमा भएको ढिलाईका कारण मृत्यु भएको थियो ।
दक्षिण कोरियामा हिजो भुतलाई सम्झने एउटा पर्व मनाइएको थियो । अमेरिकन पर्व भूत मनाउने (भूत बन्ने र हेर्ने) हलोइङ नामक पर्व मनाउन हजारौं मानिसहरु इटेवनमा भेला भएका थिए । उनीहरु मध्ये कमजोर युवतीहरु घटनाको सिकार भएका छन् । दक्षिण कारिया सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
हाल दक्षिण कोरियामा रहेका नेपाल परिवार दलका उप महासचिव मनोज सुर्खेतीले आफू हिजो दिउँसो उक्त स्थानमा पुगेको र अत्याधिक भिड देखेर डर लागेर फर्केको बताउँदै अत्याधिक भिडका कारण यस्तो परिस्थिति बनेको हुनसक्ने कताए ।
https://twitter.com/DrSuwadee/status/1586385565582209024
https://twitter.com/jnyafk/status/1586415430553702401
Horrible scenes from South Korea#지구에서년지성아_환영해 #southkorea #korea #halloween #Itaewon
NSFW pic.twitter.com/0enMWoCRD1
— 악마 (@mashsomethingyo) October 30, 2022
https://twitter.com/Ohsaybabe/status/1586435604099010561