सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन

१४ कार्तिक २०७९, सोमबार ११:०५

काठमाडौं । आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो ।

चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ ।सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व मनाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*