भारतको गुजरातस्थित मोरबीमा रहेको पुल चुँडिंदा १३७ जनाको मृत्यु

१४ कार्तिक २०७९, सोमबार १२:३४

काठमाडौं । भारतको गुजरातमा मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिदा १३७ जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमहरुका अनुसार आइतबार साँझ पुल चुँडिएको हो ।

उक्त घटनामा १३७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

मोरबी पुल वर्षौ पुरानो पुल हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरी दीपावलीको अवसर पारेर सर्वसाधारणहरुका लागि खुल्ला गरिएको थियो । भारतीय मिडियाका अनुसार घटनामा परेका ५० भन्दा बढी अझै सम्पर्कमा आएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*