युनाईटेड इन्स्योरेन्सका महाप्रबन्धक नविन सुवेदी विवादमा, सर्भेयरको सबै जिम्मा भाइ प्रविन सुवेदीलाई

१४ कार्तिक २०७९, सोमबार १३:१०

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीभित्र संस्थागत सुशासनको चरम उल्लघंन भएको तथ्य फेला परेको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले वित्तीय स्वार्थ देखिने र सुशासन सम्बन्धी निर्देशिका विपरित हुने गरी सर्भेयर खटाई काम गराएको तथ्य फेला परेको छ । यसअघि वित्तीय स्वार्थ हुने गरी दावी भुक्तानी गरेर विवादमा फसेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा अर्को विपद आइपरेको छ ।

युनाइटेड इन्स्योरेन्सको महाप्रबन्धकमा नविन सुवेदी कार्यरत रहेका छन् । महाप्रबन्धक सुवेदी सर्भेयर सम्बन्धी सबै काम सुवेदीका भाइ प्रविन सुवेदीको एमआई सर्भेयर ग्रुप प्रालिलाई दिएको छ ।

एमआई सर्भेयर ग्रुपको तर्फबाट कर्मचारी योगेश तिमिल्सिनाको कागजपत्र समावेश गरी भाइ प्रविन सुवेदीले लाभ पाउने गरी सबै सर्भेयरको काम सुम्पिएको तथ्य फेला परेको हो । सो सम्बन्धमा दशैं अघि नै बीमा समितिमा उजुरी परेको थियो । सो उजुरीमाथि बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति यथार्थ के हो ? भनेर सोधखोज गरेपनि विस्तृत अध्ययन नै नगरी त्यतिकै छोडिदिएको फेला परेको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले महाप्रबन्धक नविन सुवेदीसँग आफ्नै भाइ प्रविन सुवेदीलाई वित्तीय स्वार्थ गाँसिने गरी सर्भेयरमा खटाएको सम्बन्धमा लिखित स्पष्टिकरण सोधेको र सुवेदीले बोर्ड समक्ष झूठा विवरण दिई प्रविन सुवेदी आफ्नै भाइ होइन, वित्तीय स्वार्थ गाँसिदैन भन्ने गलत जवाफ फर्काएका थिए । त्यसपछि सो घटना सामसुम पारिएको रहस्योद्घाटन भएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी उच्च स्रोतले सर्भेयर सम्बन्धी सबै कामको जिम्मेवारी एमआई सर्भेयर ग्रुपलाई जिम्मेवारी तोकिएको स्वीकार गरेको छ । स्रोतले भन्यो, ‘हाम्रो सर्भेयर सम्बन्धी काम एमआई सर्भेयरर ग्रुप आबद्ध छ ।’

युनाइटेड इन्स्योरेन्स कम्पनीमा सर्भेयर सम्बन्धी काम गर्ने एमआई सर्भेयर ग्रुपका मुख्य लगानीकर्ता प्रविन सुवेदी महाप्रबन्धक नविन सुवेदीका भाइ हुन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका र सर्भेयरको आचार संहिता दुवै अनुसार सर्भेयर सम्बन्धी काममा खटाउने बीमक कम्पनीका कर्मचारी तथा काम गर्ने सर्भेयर दुवैलाई कारवाही हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*