ऋषि सुनकलाई ग्रेटर नेपालले सोध्यो, नेपालको भूमि किन इन्डिया र बङ्गलादेशमा छ ?

१४ कार्तिक २०७९, सोमबार १७:१३

काठमाडौं । सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशको अधीनमा रहेको ६०००० वर्ग किलोमिटर जमिन नेपाललाई फिर्ता गर्ने दायित्व ब्रिटेन सरकारको हो भन्दै ब्रिटेनका नव निर्वाचित प्रधानमन्त्री ऋषि सुनकलाई ज्ञापनपत्र पठाइएको छ । सन् १९५० अक्टोबर ३० मा काठमाडौँमा भएको नेपाल(ब्रिटेन सन्धिको ७२ वर्ष पुगेको दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काठमाडौंस्थित ब्रिटेनी राजदूतमार्फत प्रधानमन्त्री सुनकलाई तीन बुँदे ज्ञापनपत्र पठाएको हो।

मोर्चाले पठाएको ज्ञापनपत्रमा सुगौली सन्धिबाट नेपालले धेरै जमिन गुमाएको र थोरैमात्र फिर्ता पाएको उल्लेख गर्दै नेपाल र संयुक्त अधिराज्य ग्रेट ब्रिटेनबीच सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिबाट पूर्वतर्फ मेची र टिस्टा नदीका बीचको दार्जिलिङ र सिक्किम तथा सिलगढी , दिनाजपुर र रङ्गपुरका साथै पश्चिमतर्फ काली नदी र सतलज नदीका बीचको पहाडी र समथर भूभाग एवम् दक्षिणतिर काली नदीबाट पूर्व कोसी नदीसम्मको सम्पूर्ण तराई ब्रिटेनलाई सुम्पिनुपरेकोमा ब्रिटेनले सन् १८१६ डिसेम्बर ११ मा कोसीदेखि राप्तीसम्मको तराई र १८६० नोभेम्बर १ मा राप्तीदेखि कालीसम्मको तराई नेपाललाई फिर्ता गरेपछि नेपालको सिमाना अस्थायी रूपमा मेचीदेखि महाकालीसम्म कायम भएको हो भनिएको छ ।

ज्ञापनपत्रमा सन् १९४७ जुलाई १८ मा ब्रिटेनको संसद्ले पारित गरेको ञइन्डिया स्वतन्त्रता ऐनु अनुसार पाकिस्तान र इन्डियाको स्थापना भएको मात्र होइन, नेपालले फिर्ता पाउन बाँकी ६०,००० वर्ग किलोमिटर जमिन पनि स्वतन्त्र भएको हो, तर त्यतिबेला ब्रिटेनले नेपाललाई यो जमिन फिर्ता गरेको कुनै अभिलेख भेटिएको छैन न यो जमिन इन्डियाको हकभोगमा छाडिएको कुनै लिखत उपलब्ध छ । पाकिस्तान र इन्डिया बनेसँगै नेपालले फिर्ता पाउनुपर्ने जमिन कसरी इन्डियाको हातमा पुग्यो रु भन्ने प्रश्न ब्रिटेनसँग गरिएको छ ।

मोर्चाले ज्ञापनपत्रको अन्त्यमा इन्डिया इन्डिपेन्डेन्स एक्ट र ३० अक्टोबर १९५० को सन्धिको धारा ८ बाट नेपालको अधिकारमा आइसकेको सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशमा रहेको ६०००० वर्ग किलोमिटर भूमि फिर्ता गर्न प्रत्यक्ष भूमिका खेल्नुपर्ने दायित्व सोझै ब्रिटिस सरकारको भएको भन्दै दक्षिण एसियामा रहेको अन्तिम उपनिवेशलाई मुक्त गर्न ब्रिटेनका प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

इन्डिया र बङ्गलादेशमा वर्षौँदेखि रहेको जमिनका बारेमा ब्रिटेनले बोल्दैमा के हुन्छ र रु भन्ने प्रश्नको फबाफमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भनेका छन् , ञब्रिटेन बोल्नासाथ यो विषयको अन्तर्राष्ट्रियकरण हुन्छ र हाम्रो भूमि कब्जा गरेर बसेका देशमाथि नैतिक दबाब पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*