नेकपा एमालेको २० हजार शब्दको घोषणापत्रमा २० ग्यारेन्टी, के के छन् ?

१५ कार्तिक २०७९, मंगलवार १५:०१

काठमाडौं । नेकपा एमालेले आगामी चुनावका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

एमालेको २० ग्यारेन्टीमा के के छन् ?

१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२। नेपालीलाई मात्र नागरिकता
३। हंगर नो लंगर
४। उत्पादन स्वदेशी : बजार विदेशी
५। सुरक्षित छाना : पुग्छ सबैको चाहना
६। कमाइ : युवाको रोजाई
७। पढाइ : भविष्यको जग बसाइ
८।सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९। फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३। भूमिगत तार : सहर बजार
१४। नो लाइन : सेवा अनलाइन
१५। ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६। समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७। स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८। फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९। हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० खर्ब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*