निर्वाचन आयोगमा लाखौं भ्रष्टाचार !, रेडियोमा पठाएको विज्ञापनमा ८७ प्रतिशत कमिशन

१५ कार्तिक २०७९, मंगलवार १८:३४

काठमाडौं । आसन्न मंसिर ४ गते हुन गइरहेको निर्वाचनको क्रममा निर्वाचन आयोगले अर्बौ रुपैयाँ खर्च गरिरहेको छ । तर, यसरी गरिने खर्चको पारदर्शीता माथि प्रश्न चिन्ह मात्रै उठेको छैन करोडौं रुपैयाँ भ्रष्टाचार हुन लागेको चाल पाएपछि देशैभरिका रेडियोहरु आन्दोलित समेत भएका छन् । एक रेडियोका सञ्चालकले भने, ‘हामीलाई पठाएको विज्ञापनमा ८७.४ प्रतिशत कमिशनको खेल भयो । यसको जिम्मेवारी आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले समेत लिनुपर्छ ।’

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदातालाई सचेतना फैलाउन ७०० वटा रेडियोमार्फत मतदान गरौं भन्ने विज्ञापन दुई दिन पहिले रेडियोहरु पठाएको थियो । निर्वाचन आयोगबाट प्रति मिनेट १८० रुपैयाँका दरले देशैभरिका ७०० वटा रेडियोमा निर्वाचन सचेतना सम्बन्धी रेडियो जिङ्गल पठाउने निर्णय गरेको थियो । तर, निर्वाचन आयुक्त, प्रमुख निर्वाचन आयोग दिनेश थपलिया समेतको सेटिङमा रेडियोहरुलाई प्रतिमिनेट २० रुपैयाँमा कर थप गरी २२.६० रुपैयाँका दररेट तोकेर एजेन्सीले विज्ञापन पठाएको थियो । सो क्रममा प्रतिमिनेट १८० रुपैयाँ मूल्यमा रेडियोहरुलाई विज्ञापन उपलब्ध गराउने निर्णय भएको तथ्य खुलेको छ ।

यस्तो रहस्यसँगै देशैभरिका रेडियोहरु निर्वाचन आयोगमा चरम भ्रष्टाचार बढेको भन्दै विरोधमा उत्रिएका छन् । निर्वाचन आयोगमा हुने चरम भ्रष्टाचारबारे अख्तियारले समेत चासो नदिने हुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले अश्वाभाविक आर्थिक लाभ लिने गरेको आरोप गत निर्वाचनमा समेत लागेको थियो ।

रेडियोलाई पठाएको विज्ञापनमा घोटाला भएको सम्बन्धमा निर्वाचन आयोगका शालिकम पौडेलसँग सम्पर्क गर्दा सम्बन्धित शाखाका कर्मचारी सूर्य प्रसाद अर्यालसँग सम्पर्क गर्न भनियो । निर्वाचन आयोगमा रेडियोमार्फत प्रचार प्रसार हेर्दै आएका अर्यालसँग सम्पर्क गर्दा रेडियोहरुले सम्झौता गरेरै विज्ञापन लगेको उल्लेख गर्दै आयोगले केही गर्न नसक्ने बताए । साथै उनले गुनासाहरु छन् भने बसेर छलफल गरी समस्याको समाधान निकाल्न आयोग तयार रहेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*