वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव

१६ कार्तिक २०७९, बुधबार १२:०८

काठमाडौं । विश्व बैंकले नेपाल सरकारले वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । नेपालको आर्थिक अवस्था र विदेशी मुद्रा संचितिमा सुधार आएको भन्दै विश्व बैंकले आयात प्रतिबन्ध हटाउन सुझाव दिएको हो ।

सरकारले विदेशी मुद्रा संचिति घटेको भन्दै कार, जिप लगायतका गाडी, तीन सय डलरभन्दा माथिका मोबाइल, एक सय सीसीभन्दा माथिका मोटरसाइकल, विदेशी मदिराको आयातमा आउँदो मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको छ ।

सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएकोमा अहिले ६ प्रकारका वस्तुमाथिको आयात प्रतिबन्ध हटाएर चार प्रकारका वस्तुको आयातमा भने अझै प्रतिबन्ध लगाएको छ । चार प्रकारका बस्तुमा अझै प्रतिबन्ध कायम हुँदा विश्व बैंकले नेपालको व्यापारमा असर गरेको दाबी गरेको छ ।

नेपालले अहिले आयातमा लगाइरहेको प्रतिबन्ध हटाएर आवश्यकताको आधारमा मौद्रिक नीतिमार्फत ब्याजदर बढाउने, पुनर्कर्जाको सुविधामा कमी गर्ने बैंकको रेगुलेटरी प्रोभिजनहरु बढाउने गर्नुपर्दछ । यस्तो नीति अवलम्बन गर्दा बाहिरी माग घटाएर आयातलाई आफैं नियन्त्रण गर्दछ, विश्व बैंकले नेपाल सरकारलाई दिएको सुझावमा भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*