आजदेखि सबै सरकारी कार्यालय ४ः०० बजे नै बन्द हुने, बैंक र बीमाका कर्मचारी एक घण्टा चाँडै घर जान पाउने

१६ कार्तिक २०७९, बुधबार २१:०१

काठमाडौं । आजदेखि नेपाल सरकारका सबै सरकारी कार्यालयहरु खुल्ने र बन्द हुने नयाँ समयमा परिवर्तन भएको छ । हिजोसम्म हरेक दिन बिहान १०ः०० बजे खुल्ने र अपरान्ह ५ः०० बजे बन्द हुँदै आएका सबै सरकारी कार्यालय, बैंक बीमा कम्पनी लगायतका सार्वजनिक निकायहरु आज बुधबारदेखि १ घण्टा अगावै अर्थात अपरान्ह ४ः०० बजे नै बन्द हुन सुरु भएको छ।

सरकारी क्यालेण्डरमा आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय स्वतः परिवर्तन भई एक घण्टा चाँडो नै कर्मचारीहरु घर जान पाउने भएका हुन् ।

नेपाल सरकारले प्रकाशन गरेको राजपत्रमा कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म जाडोयामको सरकारी कार्यालय भनेर समय निर्धारण गरेको छ । जस अनुसार आज कार्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म १०ः०० बजे खुल्ने र अपरान्ह ४ बजे नै सबै सरकारी कार्यालय र सार्वजनिक सेवा प्रदायक कार्यालयहरु बन्द हुनेछन् ।

उक्त व्यवस्था अनुसार बैंक, बीमा कम्पनी तथा अन्य सार्वजनिक कार्यालयमा काम गर्ने कर्मचारीहरु एक घण्टा अघि नै घर जान पाउने भएक हुन् । यद्यपि ओभरटाइम समेत नदिई राति अबेरसम्म काममा लगाउन पल्केका केही बैंकहरुमा भने कर्मचारी राति अबेरसम्म नै बस्नुपर्ने हुनसक्नेछ ।

आगामी माघ १६ गतेदेखि भने १०ः००–५ः०० बजेकै कार्यालय समय लागू हुनेछ । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने राजपत्रमा जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*