अन्तराष्ट्रिय तथ्यांक दिवसको अवसरमा क्षेत्रियस्तरको प्रतियोगीता सम्पन्न

१७ कार्तिक २०७९, बिहीबार ११:५२

काठमाडौं । अन्तराष्ट्रिय तथ्यांक दिवसको उपलक्ष्यमा विकासको लागि तथ्यांकशास्त्र विषयमा तथ्यांकशास्त्रको महत्व मानिसको दैनिक जीवनमा र सरकारको विकास कार्यक्रममा विधालय शिक्षा विषेश कार्यक्रम नेपालय कलेज, कलंकीमा क्षेत्रियस्तरको प्रतियोगीता भर्चुवल माध्यमवाट सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रथम, द्धीतिय र त्रितिय हुने समुहहरुलाई कार्यक्रमका निर्णायक समुहका प्रमुख त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक, तथा लेखक डिलाराम भन्डारीद्धारा बिभिन्न पुरस्कारहरु बितरण गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख तथा अन्य विशिष्ट बक्ताहरुले तथ्यांकशास्त्रको महत्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमको उद्देश्य र ऐतिहासिक महत्वको बारेमा समेत भन्डारीले मन्तब्य दिएका थिए । भन्डारीका अनुसार नेपालमा हाल संचालित ३५२२२ विद्यालयहरुमा भर्ना प्रतिशत ९७.५ पुगेको छ । नेपाल सरकारले दिगो विकास लक्ष्यअनुरुपको शिक्षा सम्वन्धी वुंदा ४ मा उल्लेख गरिएको २०३० सम्म समावेसी र समतामुलक गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सबैकालागि शिक्षाको लक्ष्य पुरागर्न सबै तह र तप्काका मानिसहरु लाग्नुपर्ने र यसमा सबै नागरीकको उत्तिकै दायित्व हुने कुरा भन्डारीले प्रकाश पारे ।

दिगो विकास लक्ष्य ४ अन्तरर्गतका ४.१ देखी ४ं.७ सम्म उल्लेखित शिक्षा सम्वन्धी बुंदाहरुको प्रक्षेपण पुरागर्न नेपाल सरकार, शिक्षक, राजनैतिक संघ संगठन तथा सम्वन्धित क्षेत्रका व्यक्तिहरुको अहम भुमिका रहने छ । दक्षिण एसियाका देशहरुको तुलनामा नेपालमा शिक्षाक्षेत्रमा विकास भएता पनि अन्तर्राट्रिय स्तरको मापदन्ड पुरागर्न धेरै मेहनत र लगानी गर्नुपर्ने देखिन्छ ।

नेपालमा अजैपनि पांच देखि १२ वर्षका करिव ७७०००० विद्यार्थीहरु विद्यालयभन्दा बाहिरै रहनु वास्तकमै दुखद भएको भन्डारीले बताए । अठार वर्षभन्दा मुनीउमेर भएका विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गर्नलगाई नेपालका उद्योग कलकारखानाहरु बलश्रम मुक्त बनाउनु पर्नेमा भन्डारीले जोड दिएका थिए ।

भन्डारीले भर्खरमात्र नेपालमा दिगो विकास सम्वन्धि यू.एन.डि.पी को प्रगती प्रतिवेदको अनुसन्धानकर्ताको भुमिका निर्बाह गर्नु भएको थियो । जुन प्रतिबेदन केन्द्रिय तथ्यांक विभागको वेब पेजमा समेत अपलोड गरिएको छ । त्यसैगरी आंपचौर समाजद्धारा गुल्मीमा गरिएको सोसल मिडिया बाल प्रतिभा खोज प्रतियोगीताको समेत भन्डारीद्धारा विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । उक्त सोसल मिडिया बाल प्रतिभा खोज प्रतियोगीतामा पांचसय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*