भारतबाट इन्धनको मूल्य बढेर आयो, निगमले इन्धनको मूल्य समायोजन नगर्ने

१७ कार्तिक २०७९, बिहीबार १९:२५

काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बृद्धि भएर आएको जनाएको छ । आयल निगमले मूल्य सम्बन्धी विवतरण सार्वजनिक गर्दै इन्धनको मूल्य सामान्य अंकले बृद्धि भएर आएको जनाएको छ । यद्यपि निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने जनाएको छ ।

हाल १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमल जनाएको छ । यद्यपि मूल्य समायोजन नहुने जनाएको छ । हालै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको आज निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य तत्काल घटाउन नसकिने बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*