१४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

२० कार्तिक २०७९, आईतवार ११:५०

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आजको लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रवार एक सय रुपैयाँ बढ्दा प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँ छ । चाँदी गत साताको तुलनामा तोलामा ५० रुपैयाँ बढेको हो । गत शुक्रवार प्रतितोला १२ सय २५ रुपैयाँ थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*