सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो

२१ कार्तिक २०७९, सोमबार १२:०१

काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार भने चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*