समाचार लेख्दालेख्दै अस्ताए आर्थिक पत्रकार सुब्रत मनु

काठमाडौं । बिजनेश वर्ल्ड नामक मासिक पत्रिकाका तथा विवर्ल्डनेपाल डटकमका सञ्चालक सुब्रत मनुले सधैं आफूूलाई आर्थिक रिपोर्टरको रुपमा मात्रै चिनाए । बिजनेश वल्र्ड मासिक पत्रिका आर्थिक क्षेत्रमा राम्रै परिचय बनाएको सञ्चार माध्यम थियो ।
आर्थिक क्षेत्रमा विधागत पत्रकारिता सुरु हुनुअघि नै आर्थिक क्षेत्रलाई विधागत पत्रकारिता बनाएर संघर्ष गरिरहेकाक सुब्र्रत मनुको हिजो निधन भएको छ । डिल्लीबजारस्थित ट्रिनिटीको गल्लीमा रहेको कार्यालयमा काम गर्दा गर्दै कुर्सीबाट भुईमा लडेका उनको त्यही निधन भएको हो ।
उच्च रक्तचाप र महुमेह रोगले च्यापेका मनु केही वर्षदेखि सार्वजनिक कार्यक्रमहरुमा कम निस्कने गरेका थिए । ंमंगलबार घरबाट निस्केका उनी सो दिन कार्यालयमै बसेर काम गरिरहेको र साँझ समेत कार्यालयबाट घर नगएको खुुलेको छ । त्यस लगत्तै घर परिवारले खोजी गर्दा बुुधबार विहान उनको कार्यालयमा प्रहरी पुग्दा मृत अवस्थामा भेटिएका थिए ।
उनले अन्तिम समाचारको रुपमा आइएमई ग्रुपले भित्राएको इलेक्ट्रिक स्कुटरको बिक्री १०० नाघेको सम्बन्धी समाचार लेखेर अपरान्ह ४ः४१ बजे फेसबुकमा शेयर गरेको देखिएको छ । पछिल्लो समय मनुले औषधी, भन्सार र कुरियर सम्बन्धी विधमा कमल चलाउँदै आएका थिए ।
घरपरिवारका सदस्यहरुले साँझ ७ बजेदेखि खोजि गर्दा मोबाइल उठाएका थिएनन् । रातैभरि मोबाइल बजिरहेको र घर समेत नगएको चाल पाएपछि कार्यालय रहेको घरका छिमेकीहरुले प्रहरीलाई खवर गरेका थिए ।
उनी समाचार लेख्ने कुर्सीमा बसेका बेला कुर्सीबाट तल भुइमा लडेको र घोप्टो परेकै अवस्थामा उनको मृत्यु भएको प्रारम्भिक रुपमा देखिएको छ ।













