सुनको भाउ स्थिर, चाँदीको घट्यो
२४ कार्तिक २०७९, बिहीबार १२:०७

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ ।हिजोकै मूल्यमा आज सुनको कारोबार भईरहेको छ । आज चाँदीको भाउ भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम रहेको छ । यसैगरी तेजाबी सुनको भाउ आज ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
बुधबार भने सुनको मूल्यमा उच्च वृद्धि भएको थियो । हिजो सुन तोलामा एक हजार ४०० रुपैयाँले महंगिएको थियो ।बिहीबार भने चाँदीको मूल्यमा गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।













