सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२७ कार्तिक २०७९, आईतवार ११:१८

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
शुक्रबारको दिन सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलाको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।













