विश्वभरको जनसंख्या ८ अर्ब नाघ्यो
२९ कार्तिक २०७९, मंगलवार १३:०२

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार सात अर्बको कासेढुंगाा पार गरेको ११ वर्षपछि मात्रै विश्वको जनसंखया ८ अर्ब नाघेको हो ।
२०औं शताब्दीको मध्यमा जनसंख्या ठूलो बृद्धि भएपछि त्यसयता जनसंख्या बृद्धि सुस्त भएको राष्ट्र संघले आंकलन गरेको छ । विश्वको जनसंख्या ९ अर्ब पुग्न करिब १५ बर्ष लाग्न सक्ने संयुक्त राष्ट्र संघले अनुमान गरेको छ ।
साथै सन् २०८० सम्ममा विश्वको जनसंख्या १० अर्ब नाघ्ने राष्ट्रसंघले अपेक्षा गरेको छ ।













