राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष ४२ अर्ब नाघ्यो, तीन महिनाको मुनाफा १९ करोड माथि

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार ४० अर्ब नाघेको छ । संस्थानले आज सार्वजनिक गरेको वित्तीय विवरणमा जीवन बीमा कोष ८.३५ प्रतिशतले बृद्धि भई ४० अर्ब २४ करोड ७२ लाख ३६ हजार ८९० रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो आवको यसै महिनामा कम्पनीको जीवन बीमा कोषमा ३७ अर्ब १४ करोड रुपैयाँ संचिती रहेको थियो ।
राष्ट्रिय बीमा संस्थानले चालु आवको तीन महिनामा एक अर्ब ११ करोड भन्दा बढि खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । संस्थानले यसै अवधीमा ७६ करोड ८७ लाख ८८ हजार २१० रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । संस्थानले कर्जा लगानी, लगानी तथा बीमालेख धितोमा लगानी बापत प्राप्त आम्दानी १७.८३ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ८३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको तीन महिनामा ९८ करोड ४३ लाख ९९ हजार २१ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै व्यवस्थापन खर्च बढेको छ । कम्पनीको व्यवस्थापन खर्च आठ करोड ८४ लाखबाट बढेर नौ करोड ४६ लाख नाघेको छ ।

त्यस्तै अभिकर्तालाई वितरण गर्ने कमिशन रकम ४८ करोडबाट बृद्धि भई ५५ करोड ८० लाख तीन अजार ४७३ रुपैयाँ पुगेको छ । सञ्चालन अवधीमा कम्पनीको खुद नाफा २३.३५ प्रतिशतले बृद्धि गरी १९ करोड ३० लाख १२ हजार ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सकेको छ ।













