मंसिरको महिना सुरु भएसंगै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
१ मंसिर २०७९, बिहीबार १०:५४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार २ सय ८५ रुपैयाँले कारोबार भैरहेको छ ।

बुधवारको दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको थियो भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेको थियो ।













