तोसिमा कार्की घण्टी चिन्हबाट ललितपुर ३ मा निर्वाचित

७ मंसिर २०७९, बुधबार १०:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट बिजयी भएकी छिन् । निर्वाचन आयोगले उनलाई निर्वाचित घोषणा गरेको छ ।

आयोगको मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाएकी थिइन् । उनले अमृत खड्कालाई लगभग दोब्बर मतान्तरले पछि पारेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*