सिभिल बैंकको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
७ मंसिर २०७९, बुधबार १५:०७

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ७।७२ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि सिभिल बैंकको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, घलेम्दी हाइड्रो, जानकि फाइनान्स कम्पनी, पिपल्स पावर र धौलागिरी लघुवित्तको शेयर मुल्य बढेको छ ।














